व्यवसायप्रतिको हुटहुटि

उनले कहिल्यै विदेश जाने रहर गरेनन्, बरु आफ्नै देशमै केही गरेर उदाहरणीय बन्ने चाहना राखे। संघर्ष, परिश्रम, र अठोटका कारण उनी सफल उद्यमी बन्न सफल भए।

कतिपय मानिसहरू अवसरको खोजीमा देश छोड्छन्, तर केही यस्ता उदाहरणीय व्यक्तित्वहरू छन्, जसले आफ्नै देशमा संघर्ष गर्दै सफलता हासिल गर्छन्। अर्जुन पोखरेल त्यही उदाहरणको एक पात्र हुन्, जसले असहज परिस्थितिहरूको सामना गर्दै आफ्नो कर्मभूमिलाई नेपालमै बनाए।

पाणिनी गाउँपालिका–१, पणेना, अर्घाखाँचीमा २०४१ सालमा जन्मिएका अर्जुन पोखरेल बाल्यकालदेखि नै व्यवसायप्रति रुचि राख्थे। सामान्य परिवारमा जन्मिए पनि उनी पढाइमा अब्बल थिए। नेपाल राष्ट्रिय माविबाट एसएलसी पास गरेपछि उनले भारतको हरियाणाबाट इलेक्ट्रोनिक तथा इलेक्ट्रिकल इन्जिनियरिङमा डिप्लोमा पूरा गरे। तर, उच्च शिक्षामा यात्रा रोकिए पनि उनको संघर्ष भने निरन्तर जारी रह्यो।

२०६० सालमा काठमाडौं आएपछि पोखरेलले होटलमा वेटरको रूपमा काम गरे। २०६२ सालमा ५० हजार रुपैयाँ ऋण लिएर इलेक्ट्रोनिक्स पसल सुरु गरे। व्यवसाय विस्तार गर्दै उनले नेपाल टेलिकमको पिसिओ सेवा, सिडी/भिसिडी पसल, इन्टरनेट कल सेवा, साइबर सञ्चालन गरे। लगनशीलता र मेहनतकै कारण उनले व्यवसायीको रूपमा आफ्नो पहिचान बनाउन थाले।

२०६९ सालमा पोखरेलले ‘सुपर लुम्बिनी टुर एण्ड ट्राभल’ खोले। सफलताको बाटो समाउँदै २०७० सालमा उनले काठमाडौंको बागबजारमा ‘सुपर लुम्बिनी रेस्टुरेन्ट एण्ड लज’ सञ्चालनमा ल्याए। व्यवसाय राम्रो चल्दै गर्दा २०७२ सालको विनाशकारी भूकम्पले होटललाई असर पुर्यायो। त्यसपछि उनले होटल बिक्री गरेर ‘सुपर लुम्बिनी तन्दुरी भोजनालय’ सुरु गरे।

२०७५ सालमा दुर्गाफाट काठमाडौं हाइस सेवा सञ्चालन गरे। तर, कोभिड–१९ को महामारीले यस व्यवसायमा घाटा बेहोर्नुपर्‍यो। गाउमै सुविधा दिनुपर्ने सोच राख्दै उनले ‘पणेना–बुटवल डबल क्याप’ सेवा सञ्चालन गरे।

गाउँमै रोजगारी सिर्जना गर्ने उद्देश्यले पोखरेलले दुर्गाफाटमा ‘सगुन एग्रो रिसोर्ट’ सञ्चालन गरे। तर, २०८० साल जेष्ठ महिनामा उनको डबल क्याप दुर्घटनामा पर्‍यो। ठूलो क्षतिको सामना गरे पनि उनले हिम्मत हारेनन्। २०८० भदौ २५ गते ‘सगुन एग्रो रिसोर्ट’ शुभारम्भ गरे।

तर, उनलाई अर्को ठूलो चुनौती २०८० पुस १२ गते आइपर्‍यो। सन्धिखर्क जाने क्रममा उनको गाडी दुर्घटनामा पर्‍यो। गम्भीर घाइते भएका उनलाई हेलिकप्टरबाट काठमाडौं लगियो। चार महिनाको उपचारपछि उनी बिस्तारै निको हुँदै पुन: व्यवसायमा फर्किए।

व्यवसायसँगै पोखरेल राजनीति र सहकारी क्षेत्रमा पनि सक्रिय छन्। उनले कहिल्यै विदेश जाने रहर गरेनन्, बरु आफ्नै देशमै केही गरेर उदाहरणीय बन्ने चाहना राखे। संघर्ष, परिश्रम, र अठोटका कारण उनी सफल उद्यमी बन्न सफल भए।

अर्जुन पोखरेल जस्ता पात्रहरू युवाहरूका लागि प्रेरणाको स्रोत हुन्। उनी जस्ता अठोट भएका व्यक्तिहरूले प्रमाणित गर्छन् कि सफलता विदेश गएर मात्र सम्भव हुँदैन, आफ्नो देशमै परिश्रम, लगनशीलता, र प्रतिबद्धताले सफलता हासिल गर्न सकिन्छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?