पत्रकारीता मार्फत गाउँ समाजलाई परिर्वतन गर्नुपर्छ भन्ने अठोट

अर्घाखाँची जिल्लाको ६१ वटै वडामा पुगेर खानेपानीका समस्या, विद्युतका समस्या, अनियमितता, भष्ट्रचारका विषयवस्तु, शिक्षामा भएको वेथिती, सरकारले गरेका कामको खबरदारी गर्दै आएका पौडेललाई विदेश जाने मोह अहिलेसम्म लागेन् ।

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ६ धातिवाङ्गमा जन्मीएका घनश्याम पौडेल करिब १ दशकदेखी पत्रकारीता क्षेत्रमा क्रियाशिल छन् ।

बुबा शालिकराम पौडेल र आमा सिता पौडेलको कोखबाट २०५५ सालमा जन्मीएका पौडेलको प्रारम्भीक शिक्षा कालिका आधारभुत विद्यालय हुदैँ एसएलसी धातिवाङ्ग माविबाट २०७० सालमा अध्ययन पुरा गरे । कक्षा १२ सम्मको अध्यययन जनज्योती मावि सन्धिखर्क र स्नातक तहको पाणिनी बहुमुखी क्याम्पसमा अध्ययन गरेका पौडेल स्नाकोत्तर तहको अध्ययन काठमाडौँमा रहेको सेफर्ड कलेजमा अध्ययन गरिरहेका छन् ।

एसएलसी तहको अध्यययन पछि रेडियो देउरालीबाट पत्रकारीतामा प्रवेश गरेका पौडेल, हिन्दुखबर डटकमको सम्पादक, कारोबार दैनिक अर्घाखाँचीको संवाददाता, रेडीयो श्रृङ्गेश्वर, एविसी टेलिभिजन, एपीवान टेलिभिजन, ग्यालेक्सी ४ के टेलिभिजन, राज्य टेलिभिजन, दैनिक पत्र, बुटबल टुडे, ए वाट टिभी हुदैँ स्थानिय तथा राष्ट्रिय स्तरमा सञ्चालित सञ्चारमाध्यममा दशकदेखी क्रियाशिल छन् ।

पत्रकार महासंघ अर्घाखाँचीको साधारण सदस्य, जिल्ला कार्यसमिती सदस्य हुदैँ अहिले पत्रकार महासंघ अर्घाखाँचीको सहसचिव भईसकेका पौडेल, प्रेस युनियनको केन्द्रीय लेखा समिती सदस्य पनि हुन् । पत्रकारीता मार्फत गाउँ समाजलाई परिर्वतन गर्नुपर्छ भन्ने अठोट लिएर यहीँ भुमीमै रमाईरहेका पौडेल लेख्न शैलीमा राम्रो दख्खल राख्छन् । राजनीति, सामाजिक, शिक्षा, कृषि, पर्यटन, अर्थतन्त्र क्षेत्रमा कलम चलाउँने पौडेल समाजप्रती पनि उत्तरदायी छन् ।

सहकारी क्षेत्रमा पनि क्रियाशिल पौडेल जिल्ला सहकारी संघको सचिव र श्री सिद्धेश्वर बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष पनि हुन् । सहकारी मार्फत गाउँमा आर्थिक उन्नतीको बाटोमा जनतालाई लाभान्वीत बनाउँन लागी गाउँमै सहकारी खोलेका पौडेल सहकारीको क्षेत्रमा पनि दख्खल राखेको पाईन्छ ।

त्यती मात्र होईन पत्रकारीका पेशालाई निरन्तरता दिदैँ गरेका पौडेलले बुटबलमा सुपादेउराली बाईक एण्ड कार रेन्टलको पनि सुरुवात गरी व्यवसायीक क्षेत्रमा पनि पाईला चालेका छन् ।

अर्घाखाँची जिल्लाको ६१ वटै वडामा पुगेर खानेपानीका समस्या, विद्युतका समस्या, अनियमितता, भष्ट्रचारका विषयवस्तु, शिक्षामा भएको वेथिती, सरकारले गरेका कामको खबरदारी गर्दै आएका पौडेललाई विदेश जाने मोह अहिलेसम्म लागेन् । जिवनको उर्जाशिल समयमा पत्रकारीता मार्फत समाजको परिवर्तन गर्ने लक्ष्य लिएका पौडेल कहिल्यै चुकेनन् र झुकेनन् ।

पछिल्लो समय देश छोडेर विदेश जानेहरुको लहर चलिरहदाँ पौडेलको त्यो सोच आएको छैन, गाउँमै केही गर्न सकिन्छ भनेर पत्रकारीता पेशालाई मुख्य आधार बनाएका पौडेल समाजप्रति उत्तरदायी छन् । विपत्तमा आर्थिक संकलन गरेर पिडितलाई सहयोग गर्ने देखी सरकारले गरेका काममा खबरदारी सकारात्मक सुझाव दिने पौडेल आफैमा आत्मनिर्भर बन्नका लागी व्यवसायीक बन्न लागे छन् । आफनै भुमिमा धेरै कमाउँन नसकेपनि देश छोडेर मात्रै विदेशमा पनि सजिलो छैन भन्ने बुझाई पौडेलको रहेको पाईन्छ ।

उच्च शिक्षा हासिल गरेपछि देशमै केही गर्नुपर्छ भन्ने हुटहुटी राखेका पौडेलको मन विदेश जाने छैन, त्यसकारण गाउँमै युवाहरु मिलेर केही गर्न सकियो भने गाउँको विकास हुने, देशको विकास हुने, दक्ष जनशक्ती नेपालमै रहने  हुदाँ देशका तिनै सरकारको ध्यान गाउँमै वा देशमै बस्ने वातावरण बनाउँनमा पुग्न जरुरी छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?