अर्घा–भगवती विमानस्थल : पहिलाे चरणकाे काम सकिएकाे झन्डै एक वर्षपछि दाेस्राे चरणकाे काम सुरु

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १० शिखरबार्नीमा बनिरहेकाे अर्घा भगवती विमानस्थलको दोस्रो चरणको काम सुरु भएको छ । पहिलो चरणको विमानस्थल निर्माणको काम सकिएको झन्डै एक वर्षपछि दोस्रो चरणको निर्माणको काम आज (सोमवार) देखि सुरु भएकाे छ । सन्धिखर्क १० का वडाध्यक्ष लक्ष्मीनारायण चुँदालीसहित वडाका सरोकारवालाको उपस्थितिमा काम सुरु गर्न थालिएको हो । 

दोस्रो चरणको निर्माण कार्यका लागि प्रदीप प्रतिभा खनाल ब्रदर्श जेभीले तीन करोड ५६ लाख रुपैयाँमा ठेक्का पाएको छ । जसअन्तर्गत एक लाख ८० हजार घन मिटर माटो कटि‌ङ, एक लाख ७६ हजार घन मिटर माटो बोक्ने, ३९ सय घन मिटर फिलिङ र १८ सय घन मिटर ग्याबिन जालीको काम रहेको निर्माण व्यवसायी कविराम खनालले बताउनुभयो । 

काम गर्नका लागि नागरिक उड्डयन प्राधिकरणसँग एक वर्षको सम्झौता भए पनि तोकिएको मितिभन्दा अघि नै आउँदो माघ १ गतेसम्म काम सम्पन्न गर्ने निर्माण व्यवसायी खनालले जानकारी दिनुभयो । स्थानीयवासी वृद्ध नागरिक देवकीनन्दन भुसालले वैदिक विधिपूर्वक पूजाआजा गरेपछि विमानस्थलको दोस्रो चरणको कामकाे शुभारम्भ गरिएको हो । 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?