-अर्जुनदृष्टि
बुटवल । मानवअधिकार तथा शान्ति समाज रुपन्देहीको आयोजनामा बुटवल योगिकुटी स्थित मणिमुकुन्द कलेजमा करिव १५०विद्यार्थीहरुको उपस्थितिमा यातना पीडितहरुको सहायतार्थ राष्ट्रसंघीय दिवस तथा लागुऔषध दुव्र्यसन विरुद्ध अन्तराष्ट्रिय दिवस ( २६ जुन) दुवै दिवसको अवसरमा यातना विरुद्ध र लागुऔषध/मदिरा दुव्र्यसन विरुद्ध सचेतता कार्यक्रम सप्पन्न भएकोछ ।
आज बिहान ७ बजेदेखि ८:३० बजेसम्म कलेजको सभाहलमा गरिएको कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय सदस्य लालहरी पाण्डेले लागुऔषध दुव्र्यसन विरुद्ध अन्तराष्ट्रिय दिवस ( २६ जुन) असार १२ः लागुऔषध तथा मदिरा दुव्र्यसन विरुद्ध शान्ति समाजले तयार पारेको अवधारणा प्रस्तुत गर्दै अभिभावक, विद्यालय, समुदाय, सरोकारवाला, कार्यस्थल, युवाहरु मिलेर अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो।
त्यस्तै जिल्ला सदस्य सिता पौडेलले यातना पीडितहरुको सहायतार्थ राष्ट्रसंघीय दिवस (२६ जुन) असार १२ः यातना उन्मुलनमा केन्द्रित शान्ति समाजको तयार पारेको अवधारणा पत्र प्रस्तुत गर्दै यातना कुनै हालतमा क्षम्य नहुने बताउनुभयो ।
अवधारणा पत्र उपर कार्यक्रममा उपस्थित प्राध्यापक, विद्यार्थीहरुले आफ्नो भनाइ राख्नु भएकोथियो। व्यवस्थापन संकाय संयोजक पशुपति चौधरीले शान्ति समाजले मणिमुकुन्द कलेज छ्नौट गरेर लागु औषध तथा मदिरा दुर्व्यसन र यातना उन्मुलनको सचेतता कार्यक्रम गरेकोमा आभार व्यक्त गर्दै निरन्तर यस्तै महत्त्वपूर्ण कार्यक्रमहरु गर्नको लागि आग्रह गर्नुभयो ।
योगगुरु समेत रहनुभएका कलेजकक प्राध्यापक राम प्रसाद शर्माले लाग औषध/मदिरा दुर्वसनका असर र बच्ने उपायहरु बारे विशेष प्रशिक्षण दिदै दुर्वसनीको डरलाग्दो अवस्थाबाट जोगाउन सबै लाग्नु पर्नेमा जोड दिनुभयो।
शान्ति समाजका जिल्ला सभापति अर्जुन ज्ञवालीले जन्म र मृत्यु बिचको यो अनमोल जीवनलाइ असल कार्यमा लगाइ आफु, परिवार र समाजलाइ सभ्य र सुसस्कृत बनाउन सबैलाई आग्रह गर्दै प्राणी जगतको सर्वश्रेष्ठ प्राणी-मनुष्यजातीलाइ लागु औषध, मदिरा दुर्वसनबाट बचाउन नयाँ युगका नौजवान युवा विद्यार्थीहरु जुटेर अभियानमा लाग्नु पर्नेमा जोड दिनुभयो ।
उहाँले कसैलाई पनि यातना दिन नपाइने र यातना दिने वा आदेसदिनेलाइ कडा कानुनी कार्यवाही गर्नुपर्नेमा जोड दिनुभयो
विद्यार्थी सृजन ढकाल र गरिमा काफ्लेले किशोर किशोरी, युवा विद्यार्थीहरु मदिरा, लागु औषध दुर्वसनिमा दिनानुदिन फसेको देख्दा निकै चिन्ता लागेकोले यस विरुद्ध शान्ति समाजको अभियानमा जोडिएर हिड्न आफुहरु तयार रहेको वताउनुभयो।
शान्ति समाजका केन्द्रिय सदस्य रत्न कंडेल, कलेका प्राध्यापक, कर्मचारीहरु उपस्थिति रहेको कार्यक्रम जिल्ला सभापति अर्जुन ज्ञवालीको अध्यक्षता, कोषाध्यक्ष मोहनिलाल न्यौपानेको स्वागत तथा सहसचिव अर्जुन कुवरको संचालनमा सप्पन्न भएकोथियो ।



















