दल र उम्मेदवार आज अन्तिम प्रचारप्रसारमा, राति १२ बजेदेखि के–के गर्न पाइँदैन ?

काठमाण्डाै । राजनीतिक दल तथा उम्मेदवारहरु आज अन्तिम प्रचारप्रसारमा छन् । राति १२ बजेदेखि चुनाव प्रसारप्रसार गर्न  पाइँदैन ।

निर्वाचन आयोगले आउँदो आइतवार अर्थात् मंसिर ४ गते हुने चुनावका लागि आज राति १२ बजेदेखि आचारसंहिताले निषेध गरेका कुनै पनि गतिविधि नगर्न/नगराउन राजनीतिक दल, उम्मेदवार र नागरिकलाई सचेत गराएको छ ।

आज राति १२ बजेदेखि स्थिर समय सुरु हुने र ४८ घण्टा अघिदेखि चुनाव प्रचारप्रसारलगायत गतिविधि सञ्चालनमा निर्वाचन आचारसंहिता ०७९ ले निषेध गरेकाले त्यस्तो कार्यमा संलग्न नहुन आयोगले सचेत गराएको हो ।

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान केन्द्रबाट ३ सय मिटर वरिपरि कुनै पनि दल वा उम्मेदवारको प्रचारप्रसार सामग्री भए तत्काल हटाउनुपर्ने, चुनावको वातावरण बिथोलिने कुनै पनि किसिमको सभा, सम्मेलन, भोजभतेरलगायत कार्यलाई पूर्ण रूपमा निषेध गरिएको बताउनुभयो ।

यस्तै, सामाजिक सञ्जाल, अनलाइन वा अन्य कुनै पनि छापाबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि सन्देश, सूचना, प्रसारण तथा सामग्री पोस्ट गर्ने, सेयर गर्ने, लाइक गर्ने, कमेन्ट गर्नेलगायतका सबै कुराहरू निषेध गरिएको छ ।

यस्तै, आयोगले चुनावको मौन अवधि अर्थात् ४८ घण्टाअघिदेखि मतगणना कार्य पूरा नभएसम्म जाँडरक्सी बिक्रीविवरण गर्ने तथा खाने कामलाई निषेध गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?