अर्घाखाँची । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि अर्घाखाँचीका ३७ विद्यालय छनौट भएका छन् ।
अर्घाखाँचीका ६ वटा स्थानीय तहका ३६ बिधालय छनौटमा परेका हुन् । राष्ट्रपति शैक्षिक सुभार कार्यक्रम अन्तर्गत शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालयको भदौ २९ गतेको निर्णय अनुसार २ कोठे भवन निर्माण, ४ कोठे भवन निर्माण तथा आईसिटी कक्षा संचालनका लागि जिल्लाका ३७ विद्यालय छनौटमा परेका हुन् ।
छनौट भएका बिधालयमध्ये सबै भन्दा बढि विद्यालय पाणिनी गाउँपालिकाका छन् । पाणिनीका १० वटा बिधालय छनौट भएका छन् भने छत्रदेवका ५, मालारानीका ६ , सन्धिखर्कका ६, शितगंगाका ६ र भुमिकास्थानका ४ वटा बिधालय छनौटमा परेका हुन् ।

जिल्लाभर २ कोठे भवन निर्माका लागि १५ वटा, ४ कोठे भवन निर्माणका लागि १० वटा र आईसिटी कक्षा संचालनका लागि १२ वटा बिधालय छनौट भएका छन् ।
४ कोठे भवन निर्माणका लागि ५० लाख, २ कोठे भवन निर्माणका लागि २५ लाख र आईसिटी संचालनको लागि ६ लाख ५० हजार बराबरको रकम बिनीयोजन हुने छ ।

कुन पालिकाका कुन कुन बिद्यालय छनाैटमा परे ?
सन्धिखर्क नगरपालिका
सन्धिखर्क नगरपालिकामा भगबति माबि सनपा २, मथुरा नन्दराम आवि सनपा ५ चार कोठे भवन निर्माणको लागि, जनता आबि सनपा ८ र पार्बति आबि सनपा १ दुई कोठे भवन निर्माणको लागि र ज्ञानप्रकाश मावि स न पा १२ र विद्याविनय मावि सनपा ६ आईसिटीको लागि घनौटमा परेका छन् ।
शितगंगा नगरपालिका
शितगंगा नगरपालिकामा रिकोट मा वि शिनपा १३, सिमलपानी र सुधा मा वि शिनपा ५ जुकेना चारकोठे भवन, गंगा आ वि शिनपा १४ सिमलपानी, निलकण्ठ आ वि शिनपा ६ जुकेना २ कोठे भवन, डिही आवि शिनपा १० सिद्धारा, शान्ति आ वि शिनपा २ सितापुर आईसिटि संचालनका लागि छनौट भएका छन् ।
भुमिकास्थान नगरपालिका
भुमिकास्थान नगरपालिकामा जनशक्ति आबि भूनपा ६, लम्ची आबि भूूनपा ८ र गगन आबि भूनपा ३ दुई कोठे भवन निर्माण र भगबति माबि भूनपा २ चार कोठे भवन निर्माण लागि गरी ४ बटा बिधालय छनौटमा परेका छन् ।
मालारानी गाउँपालिका
बैधनाथ मावि बामरुक ४ कोठे भवन, सिद्धार्थ मावि हंसपुर, गोखुङ्गा आ वि। गोखुङ्गा २ कोठे भवन र भुमेदह मावि गोखुङ्गा, सूर्य मावि गोखुङ्गा र जनता आ वि टिमुरे आईसिटीका लागि गरी ६ बिधालय छनौट भएका छन् ।
छत्रदेव गाउँपालिका
सरस्वति आधारभुत बिधालय र सरस्वति माध्यमिक बिधालय सुर्यथुम आईसिटी संचालन, सरस्वति माध्यमिक बिधालय भुसखात ४ कोठे भवन निर्माण तथा राम आधारभुत बिधालय र जनकल्याण माध्यमिक बिद्यालय २ कोठे भवन निर्माणका लागि गरी ५ बिद्यालय छनौटमा परेका छन् ।
पाणिनी गाउँपालिका
धातिवांग माध्यमिक विद्यालय, घातिवांग, विद्याविनोद माध्यमिक विद्यालय, अङ्गुरी, सिद्ध माध्यमिक विद्यालय, पोखराथोक ४ कोठे भवन, नेपाल राष्ट्रीय माध्यमिक विद्यालय, पणेना, द्यौराली माध्यमिक विद्यालय, पटौटी, कृष्ण माध्यमिक विद्यालय, मैदान र सूर्योदय आधारभूत विद्यालय पाणिनि-६ दुई कोठे भवन तथा भगवती आधारभूत विद्यालय, अङ्गुरी, अर्भका आधारभूत विद्यालय, पाली, अरुणोदय आधारभूत विद्यालय, फटौटी आईसिटीको लागि गरी १० बिद्यालय छनौटमा परेका छन्।
यस्तै देशभरबाट राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ३ हजार ४ सय ७५ विद्यालय छनोट गरीएको छ ।















