back to top
IPL 2025
IPL 2024
२८ अशोज २०८२, मंगलबार
२८ अशोज २०८२, मंगलबार
IPL 2025
spot_img

आर्किटेक्चरको प्राचीन स्वरुप : वास्तुशास्त्र

spot_img

वास्तुशास्त्र एक प्राचीन विज्ञान हो। व्यापक अर्थमा हेर्दा वास्तु भन्नाले कुनै पनि वस्तुको अवस्थितिलाई बुझिन्छ । यद्यपि वास्तु भन्ने वित्तिकै आवासगृह अर्थात् घर र शास्त्रको अर्थ हुन्छ अनुशासन अनि निर्देश । यसर्थ, सामान्यतया “वास्तु शास्त्र” भन्नाले घर वा कुनै संरचना कसरी निर्माण गर्ने भन्ने कुराको निर्देशलाई बुझिन्छ । वास्तु शास्त्रलाई आधुनिक समयको विज्ञान र आर्किटेक्चरको प्राचीन स्वरुप मान्न सकिन्छ। वास्तुशास्त्र अनुसार पूर्वीय शास्त्रहरुका नियमहरु पालन गरी बनाइएको घरमा रहदा या बस्दा सुख, शान्ति एवं समृद्धि प्राप्त हुन्छ भन्ने मान्यताले क्रमशः व्यापक स्थान ओगट्दै गएको पाइन्छ ।

वास्तु शास्त्र अनुसार घर बनाउदा घरका हरेक कुराहरुलाई विशेष ध्यानमा राखिन्छ। घरको प्रवेशद्वार, भान्साकोठा, पूजास्थल, पाहुना कोठा आदि सबै भागको अवस्थितिमा बिशेष ध्यान पुर्‍याइन्छ।

प्रवेशद्वार
वास्तुशास्त्रमा घरको मुख्य प्रवेशद्वार सुशोभित र सफा हुनुपर्छ भनेर भनिएको छ। प्रवेशद्वार बनाउदा ख्याल गर्नुपर्ने कुराहरु यस प्रकार रहेका छन्:घरको मुख्य प्रवेशद्वार अन्य ढोकाभन्दा अग्लो तथा ठूलो हुनुपर्छ । उक्त ढोका राम्रोसँग खुल्ने तथा कुनै आवाज ननिस्कने खालको हुनुपर्छ तर ढोका आफै खुल्ने-बन्द हुने हुनुहुँदैन । घरको कुनै पनि ढोका धरातलभन्दा तल हुनुहुँदैन । पूर्व या उत्तरतर्फ मुख्य द्वार बनाउनु उपयुक्त हुन्छ ।

पाकशाला
वास्तुशास्त्र अनुसार भान्साको पवित्रता तथा स्वच्छतामा कुनै सम्झौता गरिनु हुदैन । भान्सा घर दक्षिण-पूर्वी क्षेत्रमा बनाउनु उत्तम मानिन्छ तर ठाउँ त्यस किसिमको छैन भने उत्तर-पश्चिम दिशामा पनि बनाउन सकिन्छ । पूर्वतर्फ फर्केर खाना पकाउनु उचित मानिन्छ। घरको ग्यास र चुल्हो बाहिरबाट नदेखिने स्थानमा हुनु पर्छ

सुत्ने कोठा
शयन कक्ष अर्थात सुत्ने कोठालाई वास्तु शास्त्र अनुसार तयार गरिनुपर्छ । मुख्य शयन कक्ष दक्षिण भागमा बनाउनु राम्रो हुन्छ । खटिया अनि पलङ्ग राख्दा सुत्नेको शीर पुर्व या दक्षिणतर्फ हुने गरी राख्नुपर्छ ।शयन कक्षमा पूजास्थल राख्नुहुदैन ।
पलंगको अगाडी पट्टि ऐना राख्नुहुदैन । शयन कक्षमा राम्रा तस्बिर, फूलहरु र तस्बिरहरु राख्नु उपयुक्त हुन्छ

पूजास्थल
हिन्दु धर्ममा पूजाले ठूलो महत्व बोकेको छ र श्रद्धा भक्‍तिपूर्वक गरिने यस कार्यका लागि घरमै छुट्टै पूजा स्थल बनाउने गरिन्छ। पूजाघरको द्वार टिन वा फलामको हुनुहुँदैन। पूजा कोठा शौचालयभन्दा ठीक माथि वा तल हुनुहुँदैन र शौचालयसँग एकै पर्खालमा जोडिएको हुनुलाई पनि राम्रो मानिदैन ।
भगवानको तस्बिर वा मूर्ति नैऋत्य कोणमा राख्नु हुँदैन ।

रङ्ग व्यवस्था
रङ्गले हाम्रो सोच र बिचारमा ठूलो असर पार्छ। घरमा धीर र शान्त वातावरणको अनुभूति पनि उचित रङ्गको प्रयोगबाट पाउन सकिन्छ। वास्तु शास्त्रका अनुसार घरको शोभा बढाउन र घरमा खुसियाली कायम गर्ने सन्दर्भमा शास्त्रले निर्देश गरेका रङ्गहरुको चयन गरिनु आवश्यक देखिन्छ ।
विशेषगरी शयन कक्षमा गुलाबी, हल्का हरियो र हल्का निलो रङ्गको प्रयोग गरेको उचित हुन्छ ।त्यस्तै बैठक कोठामा पहेंलो, हरियो, निलो, हल्का खैरो रङ्ग प्रयोग गर्न उचित हुन्छ । भान्सा कोठामा पहेंलो, सेतो, सुन्तला, गुलाबी, रातो र चकलेट रङ्ग लगाउनु राम्रो हुन्छ । नुहाउने कोठाका लागि सेतो, खैरो, गुलाबी र फिक्का रङ्गहरुको प्रयोग गर्नुपर्छ ।
घरको कुनै पनि स्थानमा कालो रङ्गको प्रयोग गर्नु उचित हुदैन

दिशा सम्बन्धी ज्ञान
वास्तु शास्त्रमा दिशाले ठूलो भूमिका खेल्छ। कुन कक्ष कुन दिशातर्फ बनाउन हुन्छ वा हुदैन भन्ने कुरा वास्तु शास्त्रमा विषद रुपमा उल्लेख पनि गरिएको छ । पञ्चभूत लगायत वास्तुशास्त्रमा दिशा पनि एक महत्वपूर्ण तथा आधारभूत कुरा हो। घर तथा भवन अथवा कुनै निर्माण कार्य गर्दा कुन दिशामा कुन वस्तु राख्ने भन्ने कुरा एकदमै महत्वपूर्ण हुन आउँछ, ।

१. पूर्व दिशा
पूर्वबाट सूर्य उदाउँछ, अर्थात नयाँ प्रहरको आरम्भ हुन्छ। त्यसैले पुरानो र खराब कुरालाई छाडेर नयाँ र असल कुरालाई पछ्याउन चाहने व्यक्तिहरूको लागि पूर्व दिशा उत्तम हुन्छ। समृद्धिको दिशा हो पूर्वदिशा। घरको मूल द्वार, बस्ने कोठा, पढ्ने कोठा तथा पूजाकोठा पूर्व दिशातर्फ फर्किएको हुनुपर्दछ।
धन-सम्पत्तीको दराज, बाकस, आदिको मूख पूर्व दिशातर्फ खुल्ने गरी राखेको हुनपर्छ।

२. पश्चिम दिशा
वास्तुशास्त्रमा पश्चिम दिशालाई सबैभन्दा कमजोर दिशाको रूपमा मानिन्छ, मतलब यसले राम्रो भन्दा बढि नराम्रो कुराको सङ्केत गर्दछ। त्यसैले घरको पश्चिम भागमा बस्ने तथा घरको मूलद्वार पश्चिमपट्टी भएका मानिसहरूको जीवनमा कहिल्यै पनि सुख, शान्ति तथा समृद्धि छाउन सक्दैन। घरको पश्चिम भागमा भर्याङ अथवा घरपछाडिको द्वार राख्नु उचित हुन्छ। चर्पी, फोहोर फाल्ने ठाउँलाई पश्चिमपट्टी राख्नु उत्तम हुन्छ।

३. उत्तर
उत्तर दिशा भनेको व्यापार(व्यवसाय तथा पेसाको लागि उत्तम दिशा हो। त्यसैले जो व्यक्तिले नयाँ व्यवसाय गर्न चाहन्छ, नयाँ कार्यालय खोल्न चाहन्छ, उसको लागि उत्तर दिशातर्फको कोठा अथवा कार्यालय उत्तम रहन्छ। विज्ञानबाट पनि के थाहा पाइएको छ भन्दा सूर्यबाट आउने हानिकारक विकिरणहरूको असर उत्तर दिशातर्फ कम पर्दछ। त्यसैले घरको आँगन अथवा खुल्ला ठाउँ उत्तर तर्फ बनाउनु सबैभन्दा उत्तम हुन्छ। साथै उत्तर दिशालाई धार्मिक तवरले पवित्र पनि मानिन्छ। उच्चतम सफलताको लागि कार्यालय कक्षलाई घर वा भवनको उत्तरतर्फ राख्नु उचित हुन्छ। पाकशाला, चर्पी तथा फोहोर फाल्ने ठाउँ उत्तरतर्फ राख्नु हुदैन ।

४. दक्षिण
वास्तुशास्त्रमा दक्षिण दिशाका भागलाई अग्लो बनाउनुपर्दछ। घरको छतमा राख्ने पानीको ट्याङ्की दक्षिणतर्फ राख्नु उचित हुन्छ भने भाञ्छाकोठा तथा भोजनकक्ष दक्षिण दिशामा राख्नुलाई अशुभ मानिन्छ।

५. ऐशान्य दिशा (पूर्व-उत्तर)
ऐशान्य दिशालाई भगवानको दिशा मानिन्छ। विशेषगरी पूजा गर्ने कोठा यो दिशामा राख्नुलाई सबैभन्दा उत्तम मानिन्छ ।आठै दिशाहरूमध्ये यो दिशालाई सबैभन्दा पवित्र मानिन्छ र यो दिशाको सहि सदुपयोगले मानव जीवनमा सुख, शान्ति र संवृद्धि छाउने वास्तुशास्त्रको मान्यता छ। घरको उत्तर-पूर्व दिशा अन्य दिशा भन्दा हलुका होचो स्थानमा रहेको शुभ मानिन्छ।

६. वायब्य दिशा (उत्तर-पश्चिम)
परिवारका सदस्यहरूबीच पारस्परिक सम्बन्ध बिगार्ने अथवा सुधार्ने काम यसै दिशाले गर्दछ। व्यक्तिको प्रेमसम्बन्धमा पनि उत्तर-पश्चिम दिशाले प्रत्यक्ष प्रभाव पार्दछ। नवविवाहित दम्पत्तीको कोठा उत्तर-पश्चिम दिशामा राख्दा त्यस दम्पत्तीको जीवनमा कहिल्यै पनि शान्ति छाउन सक्दैन।
भाञ्छाकक्ष, भोजनकक्ष, सुत्ने कोठालाई यो दिशामा राख्नु हुदैन ।

७. दक्षिण-पूर्व ( आग्नेय)
घरमा भाञ्छा कोठालाई आग्नेय दिशामा राख्नु सबैभन्दा उत्तम हुन्छ। विद्युतीय सामग्रीहरू जस्तै: टिभी, मोटर, ब्याट्री, इनभर्टर, आदिलाई घरको दक्षिण-पूर्वी कोठामा राख्नु उत्तम हुन्छ।

८. दक्षिण-पश्चिम (नैऋक्त्य)
दक्षिण-पश्चिम दिशा राक्षस गणहरूको दिशा हो। त्यसैले व्यापार, व्यवसाय तथा आर्थिक क्षेत्र, जहाँ जटिल निर्णय लिनुपर्ने हुन्छ, त्यस्ता क्षेत्रमा यो दिशाको प्रयोग गर्नुहुँदैन। भगवानको पूजाकक्ष यस दिशामा राख्नु उपयुक्त हुँदैन।

यसप्रकार विभिन्न दिशा र कोणहरु निर्धारण गरेर, पञ्चतत्वको अवस्थिति अनि जमिनको आकारलाई आधार मानेर तय गरिने वास्तुसीप अनुरुपको ढाँचा बनाइएमा उक्त संरचनामा सदैव सुख, समृद्धि अनि ऐश्वर्यको वास रहन्छ भन्ने विश्वास पाइन्छ । वास्तुशास्त्र अनुसार विश्वमा बनाइएको एकमात्र शहर सिगांपुर रहेको बताइन्छ ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?