भिम विश्वकर्मा,
अर्घाखाँची । अर्घाखाँची जिल्लामा पहिरोका कारण ४ हजार ६७ जना प्रभाबित हुन सक्ने अनुमान गरीएको छ ।
लुम्बिनी प्रदेसले असार २२ गते जारी गरेको “मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना, लुम्बिनी प्रदेश २०७९” का अनुसार अर्घाखाँचीमा ८ सय १४ घरधुरीका ४ हजार ६७ जना प्रभाबित हुनसक्ने आशंका गरीएको हो ।
उक्त तथ्याङ्क अनुसार अर्घाखाँची सहित लुम्बिनी प्रदेशका ६ वटा जिल्लाहरु पहिरोको जोखिममा रहेको जानाईएको छ । गुल्मिमामा ७ हजार २ सय ५, पाल्पामा ११ हजार १ सय ३, प्युठानमा १३ हजार ७ सय ६०, रोल्पामा ४ हजार ४ सय ३६, रुकुम पूर्वमा ६ सय १० गरी ४१ हजार १ सय ८१ जना पहिरोबाट प्रभाबित हुन सक्ने अनुमान गरीएको छ ।

मनसुनबाट हुन सक्ने बिपदलाई न्युनिकरण गर्नको लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना तयार परी बिपद जोखिम न्युनिकरण, खोजि तथा उद्धार राहत लगायतका काम सोहि बमोजिम संचालन हुने गर्दछन् ।




















