टी २० आई सिरिजको फाइनलमा नेपाल आज पपुवा न्युगिनीसँग खेल्दै

काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी २० आई सिरिजको फाइनलमा नेपाल आज पपुवा न्युगिनीसँग खेल्दै छ । खेल नेपाली समय अनुसार बिहान ११ : ४५ मा मोगं कोगंमा सुरु हुनेछ ।

नेपाल र हङकङबीचको खेल वर्षाको कारण रद्द भएको थियो । नेपालले पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमा पुगेको थियो ।

एकै दिन दुई खेल खेलेको पपुवा न्युगिनीले हङकङलाई १० विकेटले हराएको थियो ।नेपालले पपुवा न्युगिनीविरुद्ध पहिला ब्याटिङ गर्दै १९८ रन बनाएको थियो ।

नेपालका कुशल भुर्तेलले ५९ रन बनाउनुको साथै ४ विकेट लिएका थिए । भुर्तेल लयमा आउनु नेपालको लागि सकारात्मक पक्ष हो । त्यस्तै सन्दीप जोराले ५६ रन बनाएका थिए । कुशल भुर्तेल प्रमुख ब्याटर हुन् । उनको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । राम्रो अन्त्य गरेका लोकेश बम र विवेक यादवबाट पनि नेपालले ठूलो अपेक्षा गर्नेछ ।

कप्तान रोहित पौडेलले कप्तानी इनिङ खेल्नेछ । बाउन्ड्री सानो हुँदा ठूला सटहरुमा ध्यान दिनुपर्ने हुन्छ । बिरामी भएका अभिनाश बोहरा फिट भएमा आकाश चन्द बाहिर हुने सम्भावना रहन्छ । अन्य परिवर्तनको सम्भावना छैन ।

बलिङमा करण केसीले अनुभवको फाइदा लिनुपर्ने हुनेछ । डेथ ओभर बलिङ नेपालको केही कमजोरीको रुपमा रहँदै आएको छ ।

पपुवा न्युगिनीले प्रमुख दुई बलर कवुआ मोरेवा र एली नाओलाई विश्राम दिएको थियो । यी दुई बलर आउँदा बलिङ आक्रामण मजबुत हुनेछ । हङकङबीविरुद्ध ५१ रन बनाएका टोनी उरा र ६१ रन बनाएका सेसे बाउ प्रमुख ब्याटर हुन् ।

कप्तान असाद भाला मध्यक्रमका ब्याटर हुनेछन् । शीर्षक्रमका ब्याटरको विकेट समयमै लिन सके नेपालले सहज जित हात पार्न सक्छ । नेपाल र पपुवा न्युगिनीबीच ५ टी-२० आई खेल भएका छन् । जसमा नेपाल ४ खेलमा विजयी भएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?