वायु प्रदुषण बढ्दै गएपछि दिल्लीमा प्राथमिक विद्यालय बन्द

काठमाडौं । वायु प्रदुषण बढ्दै गएपछि भारतको दिल्लीमा प्राथमिक विद्यालयहरू बन्द रहने भएका छन्।

भारतको राजधानी दिल्ली र वरपरको वायु प्रदुषणको स्तर बढ्दै गएपछि भारतको दिल्लीका सबै प्राथमिक विद्यालयहरू नोभेम्बर १० सम्म बन्द रहने दिल्लीका शिक्षामन्त्री आतिशी मार्लेनाले आइतवार घोषणा गरिन्।

मन्त्रीले प्राथमिक विद्यालय बन्द रहने भए पनि कक्षा ६ देखि १२ सम्मका शिक्षकलाई अनलाइन कक्षा लिने विकल्प दिइएको बताइन्।

दिल्लीमा समग्र वायु गुणस्तर सूचकांक (एक्युआई) आइतवार ४८२ मा रेकर्ड गरिएको थियो। जुन गम्भीर श्रेणी हो। विगत केही दिनदेखि दिल्ली र यसको वरपरका क्षेत्रहरू धुवाँले ढाकेको छ। धेरै मानिसहरूले आँखा चिलाउने, घाँटी दुख्ने र सास फेर्न समस्या भएको गुनासो गरेका छन्।

नोभेम्बरदेखि फेब्रुअरीसम्म जाडो महिनाहरूमा दिल्लीमा वायु प्रदुषण सामान्यतया बढ्छ। नजिकैका राज्यहरू, विशेष गरी पञ्जाव र हरियाणाका किसानहरूले पराल जलाउनुलाई प्रायः प्रमुख कारणको रूपमा उद्धृत गरिएको छ। अन्य कारणमा सवारी प्रदुषण समावेश छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?