एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट : भारतले वेस्ट इन्डिजलाई ५ विकेटले हरायाे

एजेन्सी । पहिलाे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारतले वेस्ट इन्डिजलाई ५ विकेटले हराएकाे छ ।

गए राति बारबाडोसकाे केंसिंग्टन ओभलमा भएकाे खेलमा वेस्ट इन्डिजले दिएकाे १ सय १५ रनकाे सामान्य लक्ष्य भारतले ५ विकेट गुमाएर २२ ओभर ५ बलमै पूरा गर्‍याे । भारतका लागि ईशान किशानले सर्वाधिक ५२ रन बनाए । बलिङतर्फ वेस्ट इन्डिजका गुदकेश माेतीले २ विकेट लिए ।

यसअघि घरेलु मैदानमा टस हारेर ब्याटिङ गरेकाे वेस्ट इन्डिज २३ ओभरमा १ सय १४ रनमा अलआउट भयाे । वेस्ट इन्डिजका लागि शाई हाेपले सर्वाधिक ४३ रन बनाए । बलिङतर्फ भारतका कुलदीप यादवले ४ र रविन्द्र जडेजाले ३ विकेट लिए ।

याे जितसँगै भारतले ३ खेलकाे शृङ्खलामा १–० काे अग्रता लिएकाे छ । यसअघि भएकाे २ खेलकाे टेस्ट शृङ्खला भारतले १–० ले जितेकाे छ । यी दुई टाेलीबीच ५ खेलकाे टी–२० शृङ्खला पनि हुनेछ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?