अर्घाखाँची : पाणिनीका वालबिकास शिक्षक आन्दोलनमा

अर्घाखाँची । पाणिनी गाउँपालिकाका बालबिकास शिक्षक आन्दोलनमा उत्रिएका छन् ।

पाणिनी गाउँपालिकाले दिदै आएको ७ हजार तलब कटौती गरि ५ हजार बनाएको भन्दै उनिहरु आन्दोलित बनेका हुन् ।

बालबिकास शिक्षकले गत आर्थिक बर्षमा केन्द्र सरकारको ८ हजार र पाणिनी गाउपालिकाको ७ हजार गरि १५ हजार तलब खादै आएका थिए । आर्थिक बर्ष ०७९/०८० मा केन्द्र सरकारले २ हजार तलब वृद्धि गरि १० हजार पुराए थियो । तर पाणिनी गाउपालिकाले ७ हजारबाट घटाएर ५ हजार पुराएपछी शिक्षक आन्दोलित बनेका हुन् ।

उनिहरुले पहिलो चरणको आन्दोलनको रुपमा स्थानिय सरकारको स्वामित्व अन्तर्गत गत आ. व. ०७८।०७९ देखि उपलब्ध गराई आएको मासिक ७ हजार यथावत राखी मासिक २ हजार महंगी भत्ता समेत गरी १९ हजार उपलब्ध गराउनु पर्ने सहितका माग राखी पालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत र सम्पुर्ण वडाअध्यक्षहरुलाइ ७ बुदे ज्ञापन पत्र बुझाएका छन् ।

पाणिनी गाउँपालिकाले शिक्षकहरुलाई गत माघदेखी ७ हजार थप सहित १५ हजार तलब उपलव्ध गराउँदै आएपनि पछि केन्द्रले २ हजार थप गरि १७ हजार पाउनु पर्नेमा स्थानिय सरकारले उपलब्ध गराउने मध्ये २ हजार कटौती गरी १५ हजार नै तलब दिने निर्णय गरेसँगै आन्दोलित भएको बालविकास शिक्षक समितीका अध्यक्ष सावित्री अर्यालले बताईन ।

गाउँपालिकाभित्र रहेका ५८ बालशिक्षीकाहरुले आन्दोलन गरेपछि बालशिक्षाका बालबालिकाहरुको सिकाई पनि प्रभावीत भएको छ । गाउँपालिकाले पुसमा हुने हिउँदे अधिवेशनबाट माग सम्बोधन गर्ने गाउँपालिका अध्यक्ष न्यौपानेले बताए ।

जिल्लाका ६ वटै स्थानिय सरकारले यथावत तलब नदिदाँ समस्या आएको हो । स्थानिय सरकारले १५ हजार देखी बढीमा १७ हजारसम्म तलब बालशिक्षीकालाई दिएका छन् । काम गरेको समयअनुसारको तलब नदिएको भन्दै श्रमशोषण गरेको आरोप बालशिक्षीकाको छ ।

spot_img
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?