बागलुङ । लायन्स क्लब अफ ढोरपाटन बागलुङको आयोजनामा बागलुङको ढोरपाटनमा मंगलबार देखि सुरु भएको दुई दिने निःशुल्क आँखा शिविर बुधबार सम्पन्न भएको छ ।
शिविरमा निःशुल्क आँखाको चेकजाँच, पावर अनुसारका चस्मा तथा औषधि उपलब्ध आवश्यक परामर्ससंगै मोतिया बिन्दुको समस्या भएका नागरिकको चिकित्सकद्धारा अप्रेशन सहित नागरिकले सेवा लिएका थिए ।
बागलुङको निसीखोला गाउँपालिका, ढोरपाटन नगरपालिका, बडिगाड गाउँपालिका, तमानखोला गाउँपालिकासंगै गुल्मीको मुसिकोट नगरपालिका र पूर्वी रुकुमका विभिन्न स्थानदेखि आएका नागरिकले सेवा लिएका छन ।
शिविरमा ८सय,२५ जना नागरिकको आँखाको चेकजाँच गर्दा ८३ जनाको मोतिया विन्दुको अप्रेशन, २ सय ५० जनालाई चस्मा तथा औषधि उपचारसंगै अन्य विरामीलाई आवश्यक औषधी र परामर्स दिइएको नेत्र ज्योती संघ बागलुङका इन्चार्ज विनय लामाले बताए ।
शिविरबाट लामोसमय देखि आँखाको समस्या रहेका तर आर्थिक समस्याका कारण उपचारबाट बञ्चित भएका नागरिकले सहज सुविधा लिएको लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष रामप्रसाद आर्चायले बताए ।
गण्डकी प्रदेशका अधिकांस क्षेत्रमा आँखाका विरामाीको सहज पहुँच पुग्ने गरि आफुहरुले निः शुल्क शिविर सञ्चालन मार्फत आँखाको उपचार गरिरहेको बताउँदै आर्थिक अभावकै कारण आँखाको समस्या पालेर बस्नु पर्ने बाध्यता कम रहेको नेपाल नेत्र ज्योति संघ प्रदेश समिति उपसभापति धुर्व के.सी.ले बताए ।
लायन्स क्लब अफ ढोरपाटनको आयोजना, ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका, ढोरपाटन उद्योग बाणिज्य संघ, रेडक्रस सोसाईटी उपसाशा बुर्तिबाङ र बुर्तिबाङ राईजिङ युवा क्लबको सहयोग तथा नेपाल नेत्र ज्योती संघ बागलुङ र हिमालय आँखा अस्पताल पोखरा, धवलागिरी आँखा अस्पताल बागलुङको प्राविधिक सहयोगमा शिविर सम्पन्न गरिएको थियो।