निःशुल्क आँखा शिविरमा ८ सय २५ जनाले लिए सेवा

बागलुङ । लायन्स क्लब अफ ढोरपाटन बागलुङको आयोजनामा बागलुङको ढोरपाटनमा मंगलबार देखि सुरु भएको दुई दिने निःशुल्क आँखा शिविर बुधबार सम्पन्न भएको छ ।

शिविरमा निःशुल्क आँखाको चेकजाँच, पावर अनुसारका चस्मा तथा औषधि उपलब्ध आवश्यक परामर्ससंगै मोतिया बिन्दुको समस्या भएका नागरिकको चिकित्सकद्धारा अप्रेशन सहित नागरिकले सेवा लिएका थिए ।

बागलुङको निसीखोला गाउँपालिका, ढोरपाटन नगरपालिका, बडिगाड गाउँपालिका, तमानखोला गाउँपालिकासंगै गुल्मीको मुसिकोट नगरपालिका र पूर्वी रुकुमका विभिन्न स्थानदेखि आएका नागरिकले सेवा लिएका छन ।

शिविरमा ८सय,२५ जना नागरिकको आँखाको चेकजाँच गर्दा ८३ जनाको मोतिया विन्दुको अप्रेशन, २ सय ५० जनालाई चस्मा तथा औषधि उपचारसंगै अन्य विरामीलाई आवश्यक औषधी र परामर्स दिइएको नेत्र ज्योती संघ बागलुङका इन्चार्ज विनय लामाले बताए ।

शिविरबाट लामोसमय देखि आँखाको समस्या रहेका तर आर्थिक समस्याका कारण उपचारबाट बञ्चित भएका नागरिकले सहज सुविधा लिएको लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष रामप्रसाद आर्चायले बताए ।

गण्डकी प्रदेशका अधिकांस क्षेत्रमा आँखाका विरामाीको सहज पहुँच पुग्ने गरि आफुहरुले निः शुल्क शिविर सञ्चालन मार्फत आँखाको उपचार गरिरहेको बताउँदै आर्थिक अभावकै कारण आँखाको समस्या पालेर बस्नु पर्ने बाध्यता कम रहेको नेपाल नेत्र ज्योति संघ प्रदेश समिति उपसभापति धुर्व के.सी.ले बताए ।

लायन्स क्लब अफ ढोरपाटनको आयोजना, ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका, ढोरपाटन उद्योग बाणिज्य संघ, रेडक्रस सोसाईटी उपसाशा बुर्तिबाङ र बुर्तिबाङ राईजिङ युवा क्लबको सहयोग तथा नेपाल नेत्र ज्योती संघ बागलुङ र हिमालय आँखा अस्पताल पोखरा, धवलागिरी आँखा अस्पताल बागलुङको प्राविधिक सहयोगमा शिविर सम्पन्न गरिएको थियो।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
कौरव खत्री
लेखकको बारेमा

कौरव खत्री

खत्री समाचारपाेष्टका गुल्मी संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?