back to top
IPL 2025
IPL 2024
९ जेष्ठ २०८२, शुक्रबार
९ जेष्ठ २०८२, शुक्रबार
IPL 2025
spot_img

नवलपरासी जीप दुर्घटना : मृतकको सङ्ख्या सात पुग्यो

spot_img

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–९ मा भएकाे जीप दुर्घटनामा ज्यान गुमाउनेकाे सङ्ख्या सात पुगेकाे छ । दुर्घटनामा गम्भीर घाइते भएका मध्यबिन्दु नगरपालिका–२ का चिरन अर्यालको उपचारका क्रममा ज्यान गएकाे हाे ।

गम्भीर घाइते अर्यालको उपचारका क्रममा चितवनमा रहेकाे पुरानो मेडिकल कलेजमा ज्यान गएकाे नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए । योसँगै दुर्घटनामा परि ज्यान जानेको सङ्ख्या सात पुगेको हाे ।

बौदिकाली गाउँपालिकाबाट दलदलेका लागि छुटेको लु १ ज ३२७० नम्बरको जीप देवचुली नगरपालिका–९ को गोरेघुम्तीमा दुर्घटना भएकाे हाे ।

दुर्घटनामा तीन जना महिला र तीन जना पुरुषको घटनास्थलमै ज्यान गएकाे हाे । घटनास्थलमै ज्यान गुमाएका ६ जनामध्ये अहिलेसम्म पाँच जनाको परिचय खुलेको प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी दिए।

दुर्घटनामा ज्यान गुमाउनेमा जीप चालक बौदीकाली–६ माझडाँडाका २६ वर्षीय बहादुर आले मगर, त्यही ठाउँका ५५ वर्षीय टेकमान वानटक्की मगर, ५२ वर्षीया कुमारी राना र ४५ वर्षीया कमला वानटक्की मगर तथा बुलिङटार गाउँपालिका–४ चुलिबोझाकी १२ वर्षीया करिष्मा ठाडा रहेका छन् । मृतक एक जनाको अझै परिचय खुल्न सकेको छैन ।

जीप अनियन्त्रित भइ सडक छेउको घरमा ठोक्किएको थियो ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?