मधेशमा सामाचकेवा पर्वको रौनक

रौतहट । छठ पर्वपछि मनाइँने समाचकेवा रौतहट सहित तराई मधेशका जिल्लाहरुमा अहिले समा चकेवा पर्वको रौनकता छाएको छ।

तराई मधेसका जिल्लाहरुमा प्रत्येक वर्ष कार्तिक षष्ठी तिथि अर्थात् पारनको दिनदेखि कार्तिक पूर्णिमाको मध्य रातिसम्म नाच गान गर्दै महिलाहरुले यो पर्व मनाउने गर्दछन्।

गामके अधिकारी हमर बरकाभइया हो, सामचको सामचको अइहाहो अइहाहो जस्ता प्रसिद्घ गीतसंगीतबाट तराइ मधेशमा पारनको दिनदेखी नै समाचकेवाको रौनक चलिरहेको छ।

यो पर्वमा माटोबाट बनाइएको सामा र चकेवाका साथै विभिन्न चराको मुर्ति, दियो, झारु आदि एउटा सानो बासको छैटीमा राखेर टाउको माथि राखेर दिदीबहिनीहरु विशेषगरी रातको समयमा गीत गाउने यो पर्वको विशेषता हो।

भाइ–बहिनीबीचको अगाध प्रेमलाई दर्शाउने पर्वको रूपमा मनाइने सामाचकेवा पर्व सहरी क्षेत्रमा लोप हुन थाले पनि ग्रामीण क्षेत्रमा अझै रौनकता बाँकी छ। विगतमा हर्षोल्लास पूर्वक मनाइने यो पर्व वर्तमान समयमा सहरी क्षेत्रमा विधि पुर्‍याउन मात्र मनाउने गरिन्छ। दाजुभाइ र दिदीबहिनीको प्रेम प्रतीकका रुपमा रहेको यो पर्वमा माटाका विभिन्न प्रकारका जनावर, चरा र मानव लगायतका मुर्ति बनाएर पूजापाठ गरी मनाइने परम्परा रहेको छ।

अहिले तराईका अधिकांश गाउँमा र केही सहरमा साँझ पर्नेबित्तिकै बालिका, किशोरी, युवती र महिलाहरू समूह–समूहमा बसेर विभिन्न गीत गाउँदै सामा खेल्न व्यस्त हुने गरेको भेटिन्छ।

सामा, चकेवा, चुगलाको माटोको विभिन्न प्रतिमा बनाई एवं बजारबाट किनेर बाँसको डालामा राखी साँझको समयमा गाउँका बालिका, युवती र महिलाले विभिन्न गीत गाउने र भाइको दीर्घायुको कामना गर्ने चलन छ।​

खासगरी दाजुभाइसित सम्बन्धित यो पर्वमा माटोको कलात्मक मूर्तिहरु बनाइने गरिन्छ । मूर्ति बनाउन भाइटीकाकै दिन माटो ल्याएर यो पर्वको शुभारम्भ गरिन्छ। छठ पर्वको खरनादेखि मूर्ति बनाउने कार्य शुरु गरी कात्तिक पूर्णिमाको मध्यरात यो पर्व सम्पन्न गर्ने गरेको विशुनपूर्वा मानपुरकी मेनका यादवको भनाइ छ।

माटोबाट बनाइएका मानव, पशु र चराको मूर्तिहरु काँच अवस्थामा रहन्छ भने त्यसलाई ‘सामा’ र आगोमा पकाउने मूर्तिलाई ‘चकेवा’ भनिन्छ। दिदीबहिनीले दाजुभाइको दीर्घायु एवम मङ्गल कामना गर्ने यो पर्वले एक आपसमा सम्बन्ध प्रगाढ हुने धार्मिक एवम् सांस्कृतिक मान्यता रहिआएको छ।

१० दिनसम्म चल्ने र पूर्णिमाको ११औँ दिन माटोको विभिन्न प्रतीकलाई भाइको हातबाट फुटाई खनिएको खेत वा वनमा राखी बिसर्जन गरिने सामा भाइको दीर्घायु र स्वस्थको कामना गर्दै मनाइन्छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?