प्रगतिनगर सामुदायिक विद्युत सहकारीमा रक्तदान

कबिन्द्र नेपाल,
बुटवल । प्रगतिनगर सामुदायिक विद्युत सहकारी संस्थामा रक्तदान कार्यक्रम गरिएको छ ।

बुटवल उपमहानगरपालिका वडा नं. ११ मा रहेको प्रगतिनगर सामुदायिक विद्युत सहकारी संस्थामा वार्षिक कार्यक्रम अनुसार सामाजिक उत्तरदायित्व बहन गर्दै बिहिबार रक्तदान कार्यक्रम गरिएको हो ।

रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा गरिएको रक्तदान कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्य, शेयर सदस्य तथा सुभेच्छुक समेत गरी ५२ जनाले रक्तदान गरिएको संस्थाका सचिव गोपाल केसीले जानकारी दिए ।

उक्त विद्युत सहकारीले विगत ४ वर्षदेखि हरेक वर्ष रक्तदान गर्दै आएको छ । रगतको अभावमा कसैले पनि जीवन गुमाउन नपरोस भन्ने उदेश्यले रगतको उपलब्धता र रक्तदानमा उत्प्रेरित गर्नको लागि नियमित रुपमा रक्तदान कार्यक्रम गरिएको प्रगतिनगर सामुदायिक विद्युत सहकारी संस्थाका अध्यक्ष जीतबहादुर मल्लले बताए ।

कार्यक्रममा रक्तदान गर्ने रक्तदातालाई संस्थाका अध्यक्ष मल्ल र बुटवल उपमहानगरपालिका कार्यपालिका सदस्य हेमा थामीले प्रमाणपत्र सहित खादा ओढाएर सम्मान गरेका थिए ।

No description available.

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?