कोशी प्रदेश सरकारलाई पूर्णता दिने तयारी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकारलाई पूर्णता दिने तयारी गरेका छन्। सोमबार सत्ता गठबन्धन दलहरूबीच छलफल सकेर मंगलबार सरकारलाई पूर्णता दिने मुख्यमन्त्री कार्कीको योजना रहेको स्रोतले जनाएको छ।

गत असोज २७ गते मुख्यमन्त्री बनेका कार्कीले प्रदेशको नेतृत्व सम्हालेको साढे तीन महिनापछि सरकारलाई पूर्णता दिन आँटेका हुन्। सरकारलाई पूर्णता दिन कार्कीले चार जना मन्त्री र एक जना राज्यमन्त्री नियुक्त गर्ने तयारी थालेको बुझिएको छ। नेकपा माओवादी केन्द्रका एक सांसदका अनुसार सोमबारको छलफलबाट मन्त्री र मन्त्रालयको छिनोफानोसमेत लागिसकेको छ। उनका अनुसार माओवादीका तर्फबाट उदयपुरबाट निर्वाचित नारायण बुर्जा मगर र संखुवासभाका राजेन्द्र कार्की मन्त्री बन्ने भएका छन्।

कार्की तत्कालीन उद्धव थापा नेतृत्वको मन्त्रीमण्डलमा पनि मन्त्री बनेका थिए। उनी गत असार २४ गते मन्त्री बने थिए। कार्कीले खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालय पाउने बुझिएको छ। बुर्जामगरले भने त्यसबेला मन्त्री बन्न नपाएको भन्दै सामाजिक सञ्जालमा गुनासो पोखेका थिए। यसपालि मन्त्री बन्न लागेका मगरले सामाजिक विकास मन्त्रालय हाँक्ने भएका छन्। यता, नेपाली कांग्रेसबाट प्रदीपकुमार सुनुवार र रामकुमार खत्री मन्त्री बन्ने भएका छन्। कांग्रेसकी ईन्दिरा थापालाई राज्यमन्त्री बनाउने मुख्यमन्त्री कार्कीको तयारी छ। प्रदीपले उद्योग, कृषि तथा सहकारी मन्त्रालय पाउने बुझिएको छ भने खत्रीले आर्थिक मामिला तथा योजना मन्त्रालय चलाउने छन्। स्वास्थ्य मन्त्रालय पनि कांग्रेसले नै लिने तयारी छ। स्वास्थ्य मन्त्रालयमा राज्यमन्त्रीका रूपमा कांग्रेसकी थापा रहने पक्काजस्तै छ। स्वास्थ्य मन्त्रालय जसपाकी एक्ली सांसदलाई दिइने मुख्यमन्त्री कार्कीको योजाना थियो। तर जसपाले तत्काल सरकारमा नजाने अडान लिएपछि यो मन्त्रालय कांग्रेसकै भागमा परेको हो।

नेकपा एमालेको सहयोगमा गत असोज २७ गते कोशी प्रदेशको मुख्यमन्त्री बनेका कार्कीले निरन्तर सरकार विस्तारको भाका सारिरहेका थिए। –अन्नपूर्ण

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?