अर्घाखाँची । पाणिनी गाउँपालिकामा ऋषि पञ्चमीको उपलक्ष्यमा भदौ १६ गते सार्वजनिक बिदा दिएको छ ।
गाउँपालिकाले बुधबार एक सूचना जारी गर्दै बिदा दिने निर्णय गरेको जनाएको छ ।
सूचना अनुसार पाणिनी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय मातहतका सम्पूर्ण वडा कार्यालयहरु, आधारभूत स्वास्थ्य चौकी, आयुर्वेद, सामुदायिक स्वास्थ्य इकाई तथा सम्पूर्ण शिक्षण संस्थाहरुमा स्थानीय बिदा हुने छ । 



















