अर्घाखाँची । जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिबनारायण कोइरालाले आधुनिकताको नाममा नेपाली संस्कृति बिग्रदै गइरहेको बताएका छन् ।
कोइरालाले एक कार्यक्रममा बोल्दै नेपालीको संस्कृतिलाई छाडेर पश्चिमा संस्कृतिको देखासिखी गर्दा नेपाली संस्कृति बिग्रेको बताए । बिगत केही दिन देखि समाजिक संजालमा चर्चा पाइरहेको नृत्यलाइ इङ्गित गर्दै कोइरालले आधुनिक बन्ने होडबाजीमा आफ्नो संस्कृति नबिर्सन सबैलाइ अनुरोध समेत गरेका छन् ।
तिज पर्बको शुभकामना दिदै कोइरालाले सभ्य भएर चाडपर्व मनाउन समेत अनुरोध गरेका छन् ।




















