राष्ट्रवादी नेता

विकसित देशका सरकार प्रमुखहरू सार्वजनिक मेट्रो (रेल)मा चढेर यात्रा गरेको खबरबाट प्रभावित भएर होला नेपालमा मन्त्री पदसम्म पुगेका केही व्यक्तिहरू कहिलेकाहीँ ट्याम्पो, माईक्रो चढ्छन् । त्यसपश्चात् नेपालको एउटा राष्ट्रवादी जमात पूरै भावुक भइदिन्छ ।

नेपालको अधिकाशं सडकमा गुड्ने सवारी साधनको हालत हेरौं । यस्तो लाग्छ कि संसारभरिका कवाडी सवारीसाधनहरू पुनः प्रयोगका लागि ल्याइएका छन् । भेडाबाख्रा जस्तै कोचिन्छ । न सिट गतिलो, न सफासुग्घर, न आरामदायी, न व्यवस्थित । तर, पनि वर्षौंदेखि यात्रा रोकिएको छैन चलिरहेकै छ । कसैलाई लाजको महसुस छैन, घिन छैन, शरमको अनुभूति छैन । थोत्रो, पुरानो, मैलो र अव्यावसायिक सवारीको सिटमा थ्याच्च बस्न पाए पुग्यो । यी सबै जे भएका छन्, यिनै नेताहरूको कुबुद्धिका कारण भएका छन् । अनि एकदुई मिनेट कोही नेता वा मन्त्रीले तिनै सवारी चढेर भिडियो बनाउछन अनि आफैंले मिडिया बोलाएर भाईरल गर्न लगाउछन् अनि हामी वाह१ वाह ११ भन्दै तालि पिट्न थाल्छौ कतिसम्मका मुर्ख हामी ?

सेवा र सुविधा छाडेर नेताहरू जनताको जीवनशैलीमा ओर्लनु स्वागतयोग्य कदम हो । तर, जनतालाई सेवा–सुविधाबाट बञ्चित गरेर आफ्नो मिडियाबाजी होस् भन्ने भित्री आकांक्षाका कारण ट्याम्पो र साइकल चढ्नु आम जनताको झन् ठूलो अपमान हो । के यो रमाइलो हो ? यिनीहरू कहाँका महाजन हुन् र ? के यिनले ट्याम्पो, साइकल देखेका छैनन् रु मलाई लाग्छ, यस्तो प्रवृत्ति झन् ठूलो ‘लज्जाशरणम्’ हो । यस्तो गर्न विकसित देशका नेताहरूलाई पो सुहाउँछ, जसले जनतालाई चरम खुसी सुम्पेका छन् । कि त हाम्रा नेताहरु अब हामीलाई यस्तो थोत्रा गाडी चढ्नु पर्दैन भनेर हामीलाई खिस्यौटी काटिरहेका रछ ?

कुनै पनि देशको विकास सडक र यातायातको विकासले मापन गरेको हुन्छ । आज जम्मुकाश्मिरको स्याउ क्षणभरमै काठमाडौका दाँतमा टोकिन आइपुग्छन् । चिनियाँ लसुन केही घण्टाभित्रैमा नेपाली सिलौटामा पिसिन आइपुग्छन् । तर, हाम्रो जुम्लाको स्याउ भैंसीले खान्छन्, भैंसीले नखाने लसुन कुहिएर जान्छ । सडक कमजोर हँुदा देशको अर्थतन्त्र बलियो हुन सक्दैन । दक्षिण एसियाकै कमजोर सडकमा दरिएको छ, नेपाली सडक ।

पाकिस्तानका विकट पहाडका अफ्ठ्यारा भूगोलहरूमा समेत रेलको सुविधा छ । बंगलादेशमा पनि रेलको राम्रो सुविधा छ भलै व्यवस्थित नहोला ।

भारतमा त रेल नहुने कुरै भएन जबकि रक्सौलमा रेल कराएको आवाज वीरगन्जको सीमा नाकामा बसेर सुन्नु परेको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार दुर्घटना नेपालमा मृत्युको चौथो कारण हो । विश्व स्वास्थ्य संगठनका अनुसार संसारमा दुर्घटना मृत्युको दसौं र घाइते एवं बिरामीको नवौं कारण हो । सडक दुर्घटनामा मर्ने ९० प्रतिशत पेटीमा हिँड्ने यात्रु, साइक्लिस्ट, सार्वजनिक सवारीका यात्रु र राजमार्गका ट्रक चालक हुन्छन् । एक अध्ययनअनुसार नेपालमा सडक दुर्घटना वार्षिक करिब ६ प्रतिशतका दरले बढिरहेको छ । के यो पीडादायि छैन ?

खाली पुराना कुरा गरेर, इतिहासको उदाहरण दिएर, भएरनभएका कथा हालेर राष्ट्रवादी भइँदैन । नेताहरूले आफूले ट्याम्पो र बस चढेर राष्ट्रवादी भइएको छ भन्ने ठानेका होलान् । त्यो त झन् ठूलो बदनामी हो, आत्मग्लानी हो । हो, भाषणमात्रै सुनेर भावनामा रमाउनबाहेक अरु नजानेका, नदेखेकाहरूलाई जे भए पनि सही नै छ । धेरै सुविधा अधिकार खोज्नुभन्दा चुपचाप सहँदा भलादमी भइन्छ भन्ने मान्छेहरू राष्ट्रवादी कहलिनुको कुनै तुक छैन । बरु ती अपराधीसमान हुन्छन् ।

नेता ज्यु !
सक्नुहुन्छ देशलाई यो अवस्था यो हालतबाट मुक्ति दिनुस नभए तपाईं आफ्नो अधिकार, सेवा सुबिधा प्रयोग गर्नुस् हामीलाई हाम्रै अवस्थामा बाच्न दिनुस् तपाईंहरुको एकदुई दिनको रमिताले हामीलाई खिस्यौटि काटेजस्तो लाग्छ ।

spot_img
कमल घिमिरे
लेखकको बारेमा

कमल घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका साहित्य लेखक हुन्।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?