कमला घिमिरे,
पाणिनी । अर्घाखाँचीको पाणिनी गाउँपालिका मैदानमा डल कुसन बनाउने ७ दिने तालिमको उद्घाटन भएको छ ।
पाणिनी गाउँपालिका ५ मैदानका अध्यक्ष इन्द्रमणि घिमिरेले एक कार्यक्रमका बिच तालिमको उद्घाटन गरेका हुन् । तालिमको उद्घाछन गर्दै अध्यक्ष घिमिरेले तालिमलाई व्यबहारमा लागु गर्न अनुरोध गर्दै सिकाईलाई उपलब्धि मुलक ढंगले आगामी दिनमा तालिको सार्थकता भएमा वडा कार्यलयबाट हुन सक्ने सहयोगको प्रतिबद्धता समेत ब्यक्त गरेका थिए ।
पाणिनी ५ का वडा अध्यक्ष इन्दमणी घिमिरेको प्रमुख अतिथ्यता, शालिकराम घिमिरेको अध्यक्षता, कृष्ण मावि मैदानका प्रधानाध्यापक जिवनारायण भट्टराईको बिशिस्ट अतिथ्यता रहेको कार्यक्रममा नेपाली काङ्ग्रेसका सभापति गणेश घिमिरे, एमाले पालिका कमिटी सदस्य लक्ष्मण सुनार लगायत अतिथिको उपस्थिती रहेको थियो ।
कार्यक्रम परिचालिका अस्मिता भुसालको स्वागत मन्तव्य र टेकनारायण गैरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । तालिम मैदान सामुदायिक सिकाई केन्द्रले ७ दिन सम्म संचालन गर्ने छ ।



















