महिला विश्वकप : ब्राजिलले पानामालाई ४–० ले हरायाे

काठमाण्डाै । फिफा महिला विश्व कप फुटबल २०२३ मा ब्राजिलले पानामालाई फराकिलाे अन्तरले हराएकाे छ ।

आज साेमवार अस्ट्रेलियाकाे हिन्डमार्श स्टेडियममा भएकाे खेलमा ब्राजिलले पनामालाई ४–० गाेलले हरायाे । ब्राजिलका लागि एरी बाेर्ज्सले ह्याट्रिक गरिन् । उनले खेलकाे १९, ३९ र ७० औँ मिनेटमा गाेल गरिन् । यस्तै बेट्रिज जनेराटाेले खेलकाे ४८ औँ मिनेटमा गाेल गरिन् । याे जितसँगै समूह ‘एफ’ मा रहेकाे ब्राजिलले ३ अङ्क जाेडेकाे छ ।

यस्तै आजै अस्ट्रेलियाकाे मेलबर्न स्टेडियममा भएकाे खेलमा जर्मनीले माेरक्काेलाई ६–० गाेलले हरायाे । यस्तै न्युजिल्यान्डकाे इडेन पार्कमा भएकाे खेलमा इटलीले अर्जेन्टिनालाई १–० गाेलले हरायाे ।

आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली प्रि–क्वाटरफाइनलमा पुग्नेछन् । फाइनल खेल सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुनेछ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?