सांसद फारुकी द्वारा शिक्षा र स्वास्थ्य क्षेत्रलाई लक्षित गरी रु १ करौड बजेट विनियोजन

इमरान खान / कपिलवस्तु कपिलवस्तु : कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाका नेकपा एमालेका युवा नेता एवं संघीय सांसद माननीय सिराज अहमद फारुकी द्वारा २०८२/८३ को संघीय बजेटमा सांसदीय बिकास कोष मार्फत कपिलवस्तुको कृष्णनगरका लागी रु १ करोड रुपैयाँ बजेट विनियोजन गराएको प्रति कृतज्ञता व्यक्त गर्दै नईमिया नेपालले बिशेष कार्यक्रम गरी धन्यवाद र आभार कार्यक्रम सम्पन गरेको छ ।

नईमिया नेपाल समितिको आयोजनामा मंगलवार कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर २ स्थित संस्थाको कार्यालयको प्रांगणमा आयोजित उक्त कार्यक्रममा अध्यक्ष तथा नेपाली कांग्रेसका नेता हाजी अकिल मियाँले एमालेका युवा नेता एवं संघीय सांसद माननीय सिराज फारुकीलाई खादामाला अर्पण गर्दै भव्य रुपमा स्वागत तथा अभार व्यक्त गरेका छन । कार्यक्रममा नईमिया नेपालका संरक्षक तथा निवर्तमान अध्यक्ष जामिया इस्लामिया नईमियां निमा विद्यालय हाजी अब्दुल कलाम खाँ, प्रस्तावित एम्बेसडर एवं एमाले युवा नेता मेराज खान, मौलाना जहीर नेपाली, अब्दुल रहमान हलवाई तथा कार्यक्रम सन्चालक समाजसेवी एवं युवा नेता अकरम पठान लगायतका स्थानीय अगुवाहरु, पदाधिकारीहरु तथा समुदायका प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा बोल्दै अध्यक्ष तथा नेपाली कांग्रेसका नेता मियाँले सांसद सिराज फारुकी प्रति धन्यबाद ज्ञापन गर्दै उक्त बजेटले संस्थागत बिकास, स्थानीय पूर्वाधार सुदृढीकरण तथा सामुदायिक हितमा महत्वपुर्ण टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए । उनले बजेटको पारदर्शी र प्रभावकारी सदुपयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गरेका थिए । संघिय सांसद सिराज फारुकीले शिक्षा र स्वास्थ्य क्षेत्रमा केन्द्रित विशेष कार्यक्रमहरुलाई कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका क्षेत्रलाई नमुना क्षेत्रको रुपमा विकास गर्ने अठोट ब्यक्त गरे र साथै जनताहरुको साथ रहेयो भने आउने दिनहरुमा अझै पनि यस्ता समन्वय र सहकार्यलाई निरन्तरता दिँदै प्रतिबद्धता जनाएका थिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?