चीनमा अत्यावश्यकबाहेक यात्रा नगर्न जर्मनीद्वारा आफ्ना नागरिकलाई निर्देशन

एजेन्सी । जर्मनीले आफ्ना नागरिकलाई चीनमा अत्यावश्यक बाहेकको यात्रा नगर्न निर्देशन दिएको छ । जर्मनीको विदेश मन्त्रालयले कोरोनाको सङ्क्रमण बढेको भन्दै चीनमा अत्यावश्यक बाहेक यात्रा नगर्न भनेको हो ।

चीनले शून्य कोभिड नीति तथा अरु विभिन्न प्रतिबन्ध हटाएसँगै त्यहाँ सङ्क्रमण फैलिएको छ । अरु केही देशले पनि चीनबाट आउने यात्रुमाथि नयाँ यात्रा नियम लागू गरेका छन् । युरोपेली सङ्घले पनि यसै हप्ता मात्रै सदस्य देशलाई चीनबाट आउने उडानमा कोभिड परीक्षण गर्न सुझाव दिएको छ ।

जर्मनी, फ्रान्स, इटली, स्पेनलगायत देशले एसियाली देशबाट पुग्ने यात्रुको कोभिड परीक्षण अनिवार्य गर्ने घोषणा गरिसकेका छन् । अमेरिका र जापानले पनि यस्तै उपायहरू अवलम्बन गरेका छन् । बेइजिङ र तियानजिनलगायत सहरमा सङ्क्रमण चरम बिन्दुमा पुगेको चिनियाँ अधिकारीले बताएका समाचार संस्था एएफपीले जनाएको छ ।

चीनमा नयाँ सब–भेरिएन्ट बीएफ–७ तीव्र रूपमा फैलिएको र त्यसका कारण अस्पतालका सघन उपचार कक्ष भरिएका विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले बताउँदै आएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?