डोटीमा किसानलाई बाँदर धपाउने यन्त्र वितरण

डोटी – किसानले लगाएको बालीनाली बाँदरले नष्ट गर्न थालेपछि जिल्लाको पूर्वीचौकी गाउँपालिकाका विभिन्न वडामा रहेका पीडित किसानलाई बाँदर धपाउने यन्त्र वितरण गरिएको छ ।

किसानकाे मकै बाली बाँदरले नोक्सान गर्न थालेपछि किसानहरूको आग्रहमा साइन नेपाल नामक संस्थाले बाँदर धपाउने यन्त्र वितरण गरेको हो । राष्ट्रिय आविष्कार केन्द्र काठमाण्डौबाट खरिद गरेर गाउँपालिकाको सातवटा वडामा वितरण गरिएको संस्थाका अध्यक्ष भक्तराज जोशीले बताउनुभयो ।

यस यन्त्रलाई बोलीचालीको भाषामा बाँदर धपाउने बन्दुक पनि भन्ने गरिएको छ । पड्काउँदा ठूलो आवाज आउने र त्यसले ध्वनि प्रदूषण गर्ने सम्भावना रहेकोले वडाको जिम्मामा आवश्यकता अनुसार मात्र पड्काउने सर्तमा वितरण गरेको बताइएकोे छ । बाँदरको आतङ्कबाट छुट्कारा पाउन पूर्वीचौकी गाउँपालिकाका सातवटै वडाका अध्यक्षहरुलाई २५ थान यन्त्र (बन्दुक) हस्तान्तरण गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्काले बताउनुभयो । 

बाँदर धपाउने यन्त्र पाएपछि किसानहरुमा खुसी छाएको छ । पूर्वीचौकी गाउँपालिका–२ का किसान करनसिंह साउदले भन्नुभयो, ‘बाँदर धपाउने बन्दुक पाएपछि किसानहरुलाई निकै राहत मिलेको छ ।’

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?