परिणाम मुखि काम गरेर देखाउन मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पान्डेको कर्मचारीलाई निर्देशन

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेस पान्डेले शुसाशन पार्दर्सिता आफ्नो पहिलो प्राथमिकता रहेको ले सोही उदेश्य अनुसार काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

यस अघि नवलपरासी जिल्लाको रामग्राम नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत पान्डे नेपाल सरकारका उप–सचिव हुन । उनीसंग यस अघि विभिन्न जिल्लामा कुशलता पुर्वक कार्यकारीको रुपमा काम गरेको अनुभव छ भने संघीय सरकारका विभिन्न मन्त्रालयमा पनि कार्य गरेको अनुभव रहेको छ ।

मुसिकोट नगरपालिका मा कर्मचारी वार्डका सचिब बिषयगत शाखाका प्रमुख तथा कर्मचारी लाई निर्देशन दिदै प्रमुख प्रशासकीय अधिकृत पान्डेले ऐन कानुनको परिधिभित्र रहेर जनप्रतिनिधि सहित सरोकारवाला सबैसंग सहकार्य गर्दै मुसिकोटलाई सुशासन, पारदर्शिता र जवाफदेहीतामैत्री नगरपालिकाको रुपमा पहिचान दिलाउने गरि काम गर्न आफू लागि परेकाले सोही अनुसार काम गर्न आग्रह गरे ।

उनले सेवाग्राहीमैत्री नगरको विकासका लागि आफ्नो सदैव पहल रहने बताउदै यसका लागि नगरवासी सबैले साथ दिनेमा विश्वस्त रहेको बताए । जुनसुकै कार्य गर्दा पनि परिणाममुखी हुनुपर्नेमा जोड दिंदै नगरको विकास र नगरवासीको काम सहज रुपमा हुनुनै आफ्नो मुख्य लक्ष्य रहेको बताए । मुस्कान सहितको सेवा दिएर सेवाग्राहीलाई छिटोछरितो काम दिनका लागि सबै कर्मचारी लाई आग्रह गरे ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?