चुनाव अर्घाखाँची : पुरानै अनुहार हावी, नयाँको परिक्षण

ज जतिसुकै सिद्धान्तका कुरा गरेपनि पुराना राजनीतिक दलहरूको नीति, नेतृत्व ,रणनीति र ब्यवहारमा फरक देखिदैन्न ।उनीहरूको राजनीतिको खास अर्थ र उनीहरू कसको लागी राजनीति गर्छन् ?राजावादी र गणतन्त्रवादी एउटै मोर्चामा कसरी हुनसक्छ ?संघीयता विरोधी र संघीयतापक्षधर कसरी एउटै मोर्चामा कसरी हुन्छन् ?कम्युनिस्ट र काङ्ग्रेस एउटै मोर्चा कसरी हुन्छन् ?फरक छैन भने पार्टी अनुसारका साइन बोर्ड किन राख्ने ?झुक्याउने काम बन्द गर्नुपरो ।

जसरी नेपालको राजनीतिमा सिद्धान्त र दिशाहिन छ त्यसको प्रभाव अर्घाखाँचीमा पनि नहुने कुरा भएन ।ठ्याक्कै आज सडक, कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटनमा भएको कुनै नमूना कार्य देखिदैन ।निरन्तरताको बिकासलाई मैले गरे भन्नु उपयुक्त होइन कि बिकासमा अरु छिमेकी जिल्ला भन्दा उल्लेखनीय फड्को मारे भन्नुपरो अर्घाखाँचीमा बाटोको सारै कुरा हुने गर्छ केहि हजसम्म बाटोमा धेरै बजेट टोपबहादुरको शक्ति हुँदा परेकै हो तर हामी हेर्नुपर्ने कुरा के हो भने त्यसको गुणस्तर कस्तो छ ?गोरुसिंगे देखि सन्धिखर्क पुग्ने सडकमा हिड्दा थाहा हुन्छ ?एउटा गाडी साइड दिन नमिल्ने ठाँउ कति छन् ?पिज भएका बाटोको गुणस्तर कस्तो छ ?अनि टोलटोमा ट्याक्सी भनेर गफ गर्ने त्यो बाटो कसले खनेको हो हामीलाई थाहा छैन स्थानीय नेताले आफ्नो पार्टीको मान्छेको जग्गा पर्छ भनेर कुनै इन्जिनियर नभएर डोजर ड्राइभरले जहाँ भनो त्यहीँ खनेको हो गुणस्तर नहुने बाटो खनेर उहीँ पैसा सक्ने काम भएको हो ?सबै मैले गरे भनिरहँदा बाटो र विद्युतमा स्थानीयको श्रमदान र पैसा उठाएको अहिलेसम्म तिरेका छैन ?सार्वजनिक गुणस्तरीय शिक्षा र स्वास्थ्य त अर्घाखाँचीमा हरिबिजोक छ कसैलाई उदाहरण चाहिने भए जतिबेला तयार छु ।सरकारले वा जनप्रतिनिधिले रोजगारी सिर्जना गरेको त कुनै उदाहरण छैन बरु वास्तविक किसानलाई अनुदान नदिएर आफ्नो भाइ आफन्तलाई करोडौंको राज्यको सम्पत्ति दिएको प्रयाप्त छन् ।बरु स्कुल र स्थानीय निकायमा शिक्षक नियुक्ति गर्दा सक्षम युवाहरूलाई पाखा लगाएर असक्षम पार्टीको झोलेहरु भर्ना गरेका छन् त्यस्ता झोले नियुक्ति गरेर गुणस्तरको कुरा गर्दा हाँसो लाग्छ ।

टोपबहादुर रायमाझी: अहिलेको नेपाली राजनीतिमा हुने चौकादाउको खेलाडी हुन् ६४पछि ७४ सम्म जसरी माओवादीमा बार्गेनिङको केन्द्रमा रहेर सत्ता र शक्तिको नजिक पुगे त्यो बाबुराम खेमाबाट अवसर प्राप्त गरेका हुन् ।संविधान बनेपछि उपप्रधानमन्त्री बनाउने प्रचण्डको रणनीति बाबुरामसँग नजाओस् भनेर हो ।त्यसपछि प्रचण्डले टोपबहादुरलाई वास्ता गरेको देखिदैन ।एमाले ओलीसँग नजिक हुनु उनको बाध्यता र राजनीतिक रूपमा उनले हेर्ने नाफा घाटा हो।सैद्धान्तिक भन्दा कता छिटो मौका कहाँ पाइन्छ भन्ने वर्तमान राजनीतिमा चतुर मान्छे हुन् ।उनले जति ब्यक्तिगत अवसर प्राप्त गरे त्यसको फाइदा केहि मात्रामा अर्घाखाँची जिल्लाले लिएको कुरा हामी स्वीकार गर्नुपर्छ ।जुन बजेट जिल्लामा भित्राउन सफल भए त्यसको समावेशी वितरण ,त्यसको प्रतिफल र गुणस्तरमा भने उनी माथी थुप्रै प्रश्न छन् ।त्यो समय भनेको ६४-७४सम्म जुन टोपबहादुर बजेट भित्राउन सफल भए त्यो अरुले गाह्रो थियोे तर त्यति पैसाको सदुपयोग अरुले गर्न सक्थे कि भन्दा चाहिँ उनले भन्दा प्रभावकारी काम गर्थें जस्तो लाग्छ टोपबहादुरका स्थानीय र जिल्ला तहका कार्यकर्ता हालीमुहाली गरेका धेरै उदाहरण छन् ।बाटोमा पैसा धेरै काम थोरै भएका छन् ।एमालेमा नेता धेरै भएका कारण अब टोपबहादुरले चुनाव जितेपनी सत्ताको रस पाउने सम्भावना निकै कम छ ।एमालेमा नेता धेरै छन् त्यसमा पनि ओली कतिबेला खुशी र रिसाउन्छन भन्ने कुराले टोपबहादुरले पाउने अवसरमा निर्धारण हुन्छ थोरै गडबड हुँदा बित्तिकै ओलीले त्यसको बदला लिनेे सम्भावना हुँदा विगतका टोपबहादुर भबिस्यका टोपबहादुर हुने सम्भावना निकै कम छ जे गरे त्यतिनै हो निरन्तरता होला आक्रमक बजेट र बिकास हुँदैन ।जिल्लाका समस्या समाधानका लागी सदनमा आवाज उठाउने मान्छे होइन के बोल्ने कस्तो बोल्ने भन्ने संसदीय अभ्यास निकै कम्जोर साबित देखिन्छ ।जसरी दाउपेचको राजनीतिमा विगत १३वर्ष आफूलाई केन्द्रमा राखे सदनमा बोल्ने कुरा ठिक विपरीत लगभग शुन्य भुमिका रह्यो ।एउटा उनमा ठुलो समस्या अध्ययन गर्ने बानी छैन ।पार्टी परिवर्तन गर्दा जिल्लालाई सांसद नहुनेसम्म वातावरण सिर्जना गरे ।नयाँ देख्न नपाइने विगतमा केहि मान्छे बिकासवादीको रूपमा हेर्ने गरेको देखिन्छ ।संगठनका हिसाबले अर्घाखाँचीमा एमाले ठुलो पार्टी देखिएपनी अरु सबै पार्टी मिलेको अवस्थामा देशभरि जस्तो रक्षात्मक अवस्थामा छ।हामीले बनाएको संगठन टोपबहादुर नेता बन्न आयो भन्ने केहि एमाले नेताकार्यकर्तामा देखिन्छ केहि ठुलो नेताहरू पनि टोपबहादुरलाई पाखा नलगाएसम्म आफू माथि नजाने विचार छ त्यो कति प्रकट हुने हो चुनाव पछि देखिन्छ ।चुनावी रणनीतिमा माहिर टोपबहादुर अघिल्लो चुनाव जितेको अनुभव पनि भएको हुँदा सजिलै हार्ने दाउमा छैनन् ।तर गठबन्धनले सजिलो छैन ।

पुष्षा भुसाल : बौद्धिक क्षेत्रमा आफ्नो नाम स्थापित गरेकी भुसाल राजनीतिशास्त्र र कानुनको राम्रो ज्ञान र अध्यापन समेत गरेकी थिइन् प्रत्यक्ष र समानुपातिक सांसद भएर दुई कार्यकाल पुरा गरेकि भुसाल पहिलो संविधान निर्माणमा महत्त्वपूर्ण भुमिका निर्वाह गरे पनि अर्घाखाँचीको बिकासको लागी सिन्को भाँच्न नसकेको नागरिकको गुनासो छ ।त्यहीँ ६४ पछि टोपबहादुरले क्षेत्र न क मा बजेट भित्राउन सक्ने अनि पुष्षाले नसक्ने किन भयो १० वर्ष सांसद हुँदा आफूले गरेका काम बताउनु पर्नेमा टोपबहादुरले भ्रम छरे भनेर आरोप लगाउदा चुनाव प्रचारप्रसार चलेको छ।अवसर नपाएको होइन केन्द्रीय राजनीतिमा सत्ता शेरबहादुर र बालकृष्ण खाँडको नजिक रहेर राजनीति गरिन ।जसरी आज ओली बोलेपछी टोपबहादुर चुप रहन्छन् पुष्षा शेरबहादुर गुटको राजनीति गर्छिन् उनले राजनीतिक शुद्धीकरणको लागी खेल्ने भुमिका अपेक्षा गर्न सकिदैन ।

चुनाव जितेमा सत्तामा जाने मौका पाउने सम्भावना बढी भएपनि जिल्लामा जाने गाउँ गाउँ पुग्ने राजनीति उनको देखिदैन ।परिक्षण भएकाले नयाँपन दिने सम्भावना धेरै अपेक्षा गर्न सकिदैन ।समग्र शक्ति सन्तुलनमा पुष्षा बलियो देखिएपनी पार्टी भित्रको ५-६गुट अरु पार्टीको पुरै मत तान्न सक्दा मात्रै जीत हासी गर्न सक्ने सम्भावना हुन्छ ।
बैकल्पिक राजनीतिको नयाँ अभ्यास गर्दै गरेका घण्टी र लौरो उम्मेदवार पनि अर्घाखाँचीमा चर्चा उत्तिकै छ ।सञ्चार क्षेत्रमा अर्घाखाँचीमा नाम कमाएका घण्टी उम्मेदवार हरिप्रसाद भुसाल देखेको बोल्ने ,सम्झौता नगर्ने स्पष्ट बोल्ने छबि छ ।७४को निर्वाचनमा विवेकशील साझाको प्रदेश क उम्मेदवार भएका भुसाल केहि पहिले पार्टी छोडेर स्वतन्त्र रहेका भुसाल आफू स्वतन्त्र उम्मेदवार रहेको घण्टीले समर्थन गरेको बताउदैन चुनावी प्रचारप्रसार तिब्रता दिएको देखिन्छ ।लौरो उम्मेदवार दुर्गा बन्जाडे कलाकारितामा सक्रिय रहेपनी अर्घाखाँचीमा चाहिँ धेरैले नयाँ भनेर प्रतिक्रिया दिएका छन् ।जेहोस व्यापक रूपमा पार्टीकरण भएको अर्घाखाँची जिल्ला हो ।त्यसका बीचमा पनि नयाँ र बैकल्पिक राजनीतिको मैदानमा आउनु काङ्ग्रेस, एमाले, माओवादीलाई भोट हाल्दिन भन्नेको लागी विकल्प पनि हो ।विकल्प बन्छु र चुनौती दिन्छु भन्ने यी दुई उम्मेदवार पनि आफूलाई केन्द्रमा राखेको देखिन्छ अरु देशभरि नयाँ उम्मेदवारले एकलेअर्कोलाई समर्थन गरेर फिर्ता लिएको समाचार आउँदा यीनीहरु बीच छलफल समेत गरेको जानकारी छैन ।केहि मतदाताहरु एकजुट नभएर प्रतिस्पर्धा गरेको देख्दा यिनी हरु पनि उहीँ हुन चुनाव जित्दैन भनेर मत नदिने पनि उत्तिकै सम्भावना हुन्छ ।तर हाम्रो नेपाली समाजमा हार्नेलाई भोट दिदा खेर जान्छ भन्ने मान्यता छ ।एउटा लोकतान्त्रिक र सभ्य समाजमा कहिले पनि मत खेर जादैन जित्ने उम्मेदवारले सोच्नुपर्छ मेरो काम र एजेन्डाका विरुद्ध यति जनमत छ त्यो मेरो खबरदारी मत हो जहिल्यै त्यो मतसँग त्रसित हुनुपर्छ ।दबाब समुहको लोकतन्त्रमा अत्यन्तै महत्त्वपूर्ण भुमिका हुन्छ त्यसैले नजित्ने उम्मेदवारलाई दिएको मत खेर होइन परम्परागत राजनीति गर्नेलाई खबरदारी र नयाँ केही गर्नेको लागी हौसला हो।आज काठमाडौंमा बालेनले जितेको धेरैलाई चमत्कार लागेको छ तर ७४ को स्थानीय चुनावमा विवेकशील कि रन्जु दर्शना र साझाका किशोर थापाको मत उल्लेखनीय थियोे त्यसले गर्दा काठमाडौंले परिवर्तन खोजेको छ भन्ने सन्देश दिएको थियोे आज बालेनले जसरी जित निकाल्ने योजना बनाए त्यो रन्जु र किशोरको मतको आधारमा थियोे ।आज जति स्वतन्त्र र नयाँ पार्टी छन् त्यो परिवर्तन नेपाली समाजले खोजेको छ बालेनको जित देखेर हो ।अर्घाखाँचीमा पनि हरि र दुर्गाले जति मत लिन्छन् दुबैको मत जोडेर अर्घाखाँचीले कति परिवर्तन खोजेको छ भन्ने मुल्यांकन हुनेछ ।अहिले उनीहरूले लिने मतले आगामी निर्वाचनमा जति अहिले मत बढी आउन्छ त्यति धेरै उम्मेदवार आउनेछन ।जुन मत खेर जान्छ भन्ने चलन छ त्यो दबाबको रूपमा रहनेछ ।आज जसरी बालेन, हर्क र गोपालको जितले पुराना पार्टीका नेताको सातो गएको छ उनीहरूको पार्टी भित्र छलफलको विषय भएको छ ।पुराना पार्टी भित्र पनि अल्पमत र सिद्धान्तका आवाज उठाउने कार्यकर्तालाई नयाँ र बैकल्पिकले लिएको मतले तिमीहरूलाई स्वतन्त्रले उडाउन लागे भन्ने छन् ।

नयाँ प्रति समाजमा रहेका चेतनशील, परिवर्तनशील, बौद्धिक समुह नकारात्मक हुने कुरा हुँदैन भर्खरै नयाँ जन्मिदै गरेको अवसरनै प्राप्त नगरेकालाइ धेरै प्रश्न हुँदैन ।तर नयाँ स्वतन्त्र भन्न बित्तिकै आँखा चिम्लेर बिश्वास गर्नुपर्छ भन्ने हुँदैन असल नियत र योजना भएको पुरानो पार्टीकै भएपनि समर्थन गर्न सकिन्छ ।तर ,एउटा कुरा स्पष्ट हुनुपर्छ १०-१५वर्ष अवसर पाउदा पनि अझै अवसर दिनुस् भन्नु कि असक्षम हो कि ठग हो ५वर्षमा धेरै गर्न सकिन्छ ?उसले गरेको काम देखेर भोट आफैं नागरिकले हाल्छ काम नागरिकले देखेको छैनन् भने काम भएकै छैनन् ।

हामीले खोजेको सांसद कस्तो हो ?बजेट भित्राउने ठेक्कापट्टाको काम गर्ने होइन तर विडम्बना यो देशमा समावेशी बिकास हुँदैन जो सांसद बोल्न, शक्तिमा हुँदैन मन्त्री हुँदैन ठुलो नेताको नजिक हुँदैन उसको क्षेत्रमा बजेट पर्ने होइन परेको पनि काटिन्छन ।गत चुनाव पछि केपि ओली र प्रचण्डको निर्वाचन क्षेत्रमा जसरी बजेटको खोला बगो त्यसको तुलनामा विकटको बोल्न नसक्ने सांसदको क्षेत्रमा मन्त्रालयको सचिबले बजेट काटेको छन् ।त्यसैले यस्तो चलन भएको देशमा नेता चाहिँ चतुर बजेट पार्नेनै चाहिने रहिछ ।तर बजेट परेर के गर्ने गुणस्तरीय काम नहुने ठेक्का पनि आफ्नो कार्यकर्तालाई दिने त्यसैबाट कमिसन खाने सांसद कति धेरै छन् ।प्रभावकारी अनुगमन हुने हो भने ८०%सांसद जेल जाने थिए ।

हामीलाई चाहिएको सांसद काम नगर्ने ठेक्दारलाई जेल हाल्ने चाहियो ? शिक्षा गुणस्तरको कुरा गर्ने शिक्षकलाई पार्टीको काम गराउने अनि नियुक्ति गर्दा पार्टीको झोले राख्ने कसरी शिक्षा गुणस्तर हुन्छ ?कृषि लगायत अरु बिकास निर्माण कार्यमा इमानदारीसाथ काम गर्ने हो भने धेरै सकिन्छ तर वरिपरि केहि नजान्ने कार्यकर्ता राखेर बौद्धिक वर्गको कुरा नसुन्ने जुन संस्कार छ त्यो यो समाज बिकासको बाधक छ ।

समृद्धि अर्घाखाँची निर्माण र राष्ट्रिय राजनीतिलाई पनि दीर्घकालीन भबिस्य डोहोर्‍याउने कदमको निर्णय गर्ने दिन मंसिर ४गते हो त्यसैले सुन्दर सुनौलो भबिस्यको लागी मतदान गर्दा अत्यन्तै गम्भीर भएर असल दृष्टिकोण र नागरिकको नेतालाई जिताउ जय अर्घाखाँची ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
बिमल चाैहान
लेखकको बारेमा

बिमल चाैहान

चाैहानको समसामयिक विषयमा स्वतन्त्र खरो विश्लेषकको पहिचान छ ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?